२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

चिनिया विदेश विभाग प्रमुख लिउ नेपालमा 

प्रधानमन्त्री देउवासँग भेटवार्ता : 'लिउले देउवासँग भने :चीनविरोधी गतिविधि नहोस् '

लिउलाई  प्रधानमन्त्री देउवाको जवाफ  : 'नेपाल एक चीन नीतिमा प्रतिबद्ध छ, दलाई लामाको कार्यालय मैले नै बन्द गराएको हुँ'

आइतवार , आषाढ २६, २०७९

काठमाडौँ, असार ।  चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ आज नेपालको चारदिने भ्रमणमा छन ।  उनले प्रधानमन्त्री देउवासँगको भेटमा  जियानचाओले नेपालमा कुनै पनि चीनविरोधी गतिविधि हुन नपाओस् भन्ने धारणा व्यक्त गरेका छन् । 
उनले आइतबार दिउँसो कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई छुट्टाछुट्टै बालुवाटार र सिंहदरबारमा भेटवार्ता गर्दै नेपाली भूमिमा कुनै पनि चीनविरोधी घटना नहोस् भन्ने चीनले चाहेको प्रस्ट पारेका हुन् ।  
दुवै भेटवार्तामा उपस्थित कुटनीतिज्ञ तथा देउवाका अघिल्लो कार्यकालमा परराष्ट्र सल्लाहकार रहेका दिनेश भट्टराईले सीपीसीका विदेश विभाग प्रमुख लिउले आफ्नो भ्रमण नेपाल र नेपालका राजनीतिक दलसँग सहकार्य गर्न र सम्बन्ध बढाउन भ्रमण रहेको  बताएका  छन । 
‘नेपाली भूमिमा चीनविरोधी कुनै पनि गतिविधि हुन नपाओस्,’ लिउको भनाईलाई उदृत गर्दै भट्टराईले सञ्चारकमीैलाई  बताएका छन ।  
भट्टराईका अनुसार,  कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री खड्काले ‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपालमा कुनै पनि चीन विरोध गतिविधि हुन दिन्नौं’ भन्दै लिउलाई आश्वस्त पारेका थिए ।

RoS-KTM-PMDeubaa.jpg

प्रधानमन्त्री देउवाले लिउलाई आफूले नै नेपालमा रहेको दलाई लामाको कार्यालयलाई बन्द गराएको स्मरण गराएका थिए । देउवाले लाजिम्पाटमा रहेको दलाई लामाको नेपालस्थित कार्यालय बन्द गराएका थिए । जवाफमा लिउले त्यसको लागि देउवालाई विषेश धन्यवाद दिएर उक्त निर्णयको प्रशंसा गरे ।
भट्टराईले देउवासँग सरकारभन्दा पनि पार्टीको रुपमा बढी कुराकानी भएको बताए । लिउले आफू विशेष गरि पार्टी( पार्टी सम्बन्धलाई जोड दिन चाहेको बताएका थिए । 
उनले त्रिभुनव विमानस्थलमा कांग्रेस, एमाले र माओवादी केन्द्रको तर्फबाट आफूलाई भएको स्वागतको बारेमा पनि संवादमा प्रशंसा गरे । उनले नेपालमा चीनको मामिलालाई लिएर सबै पार्टीहरु बीचमा एकै धारणा र विचार पाउँदा आफूलाई खुसी लागेको बताएका थिए । 
लिउलाई स्वागत गर्न कांग्रेसबाट दिनेश भट्टराई, एमालेबाट राजन भट्टराई, माओवादीबाट सुरेन्द्र कार्की विमानस्थल पुगेका थिए ।

‘पार्टीहरुबीचको चीन मामिलामा एकता देखेर हामी उत्साहित छौं,’ लिउले भनेका थिए । लिउले अहिलेको विश्वपरिस्थिति, अहिलेको तरल अवस्था, अलमल र अस्थिर रहेको बारेमा बताएको भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्री देउवाले नेपाल असंलग्न राष्ट्र रहेको र कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने बारेमा प्रष्ट पारेको भट्टराईले बताए । परराष्ट्रमन्त्री खड्काले ‘नेपाल र चीनको फ्रेन्डसीप महत्वपूर्ण रहेको बताएका थिए । ‘यो मित्रतालाई कायम राख्न चाहन्छौं र अघि बढाउन चाहन्छौं,’ खड्काको भनाई थियो ।

नेपालको तीन दिने भ्रमणमा आएका लिउलाई आइतबार बेलुकी परराष्ट्र मन्त्री खड्काले रात्रीभोज दिँदैछन् छन् । विदेश विभाग प्रमुख लिउले सोमबार बिहान सुन्दरीजल क्षेत्र भ्रमण गर्ने कार्यक्रम छ । त्यसपछि उनीले सोमबारै एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाने छन् । 
उनले माओवादी केन्द्रका अध्यक्ष दाहाल तथा नेकपा एसका अध्यक्ष नेपाल र पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई होटलमा भेट्ने कार्यक्रम रहेको छ । तर कुन होटलमा भेट्ने भन्ने बारेमा सार्वजनिक गरिएको छैन ।

लिउले मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ । त्यसपछि उनको माओवादीका नेता उमेश स्थापितलाई पनि भेट्ने कार्यक्रम छ । लिउ बुधबार बेइजिङ फर्कने छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार