२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेकपा माओवादी केन्द्र 

अध्यक्ष 'प्रचण्ड’ ले भने : 'एमालेमा बीउ रोपेर आएका छौं, केही समयपछि फल्छ'

'तीनवर्ष बस्याै, हामी माओवादीले बीउ रोपेर आएका छौं, हेर्नुहोला केही समयपछि त्यो फूल्छ, फल्छ’

बुधवार , आषाढ १५, २०७९

 

काठमाडौं, असार  ।  तीन वर्ष नेकपा एमालेसँग सँगै रहँदा आफूहरुले त्यहाँभित्र बीउ रोपेर आएको बताउँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले  त्यो केही समयपछि फूल्ने र फल्ने बताएका छन् ।

आज पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भने,  एमाले भित्रका हजारौं नेता–कार्यकर्तालाई एकीकृत गरैर लैजान सकिने अनुभव पनि आफूले प्राप्त गरेको छु । 
‘एमाले भित्रका पनि हजारौं नेता–कार्यकर्तालाई एकीकृत गरेर लान सकिने रहेछ,’ प्रचण्डको भनाइ छ, ‘तपाईंहरुलाई लाग्दो हो सकिनेरैनछ । सक्कियो, विग्रियो नि त भन्ने लाग्न सक्छ । तर, त्यहाँ बिउ रोपिएको छ । हामी माओवादीले बिउ रोपेर आएका छौं । हेर्नुहोला केही समयपछि त्यो फूल्छ, फल्छ ।’

प्रचण्डले एमालेभित्र केपी ओली नहुने हो भने हजारौंलाई समाजवादको यात्रामा डोर्‍याउन सकिने प्रचण्डको भनाइ छ । ‘एमालेभित्र केपी ओली प्रवृत्तिको नेतृत्व हुँदा विद्रोह गर्नुपर्यो,’ उनको भनाइ छ, ‘त्यो नेतृत्व नहुने हो भने अरु हजारौंलाई समाजवादको यात्रामा डोर्‍याउन सकिन्छ । एमाले भित्रका हजारौं नेता र कार्यकर्ताको नेतृत्व गर्न सकिन्छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार