२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

रूस - युक्रेन युद्ध

यूक्रेनका राष्ट्रपति जेलेनेस्कीले भने : " यूक्रेनको २० प्रतिशत भू- भाग रूसकाे कब्जामा "

बिहिवार , जेठ १९, २०७९

कीभ,  जेठ । रूसले युक्रेनको २० प्रतिशत भूभाग कब्जा गरेको यूक्रेनले दावी गरेको छ । यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले बिहीबार भन्नुभयो, हाम्रो कुल भूभागको झण्डै २० प्रतिशत भूभाग रूसले कब्जा गरेको छ ।

देशको पूर्वी सिमा क्षेत्रमा पृथकतावादीहरूले कब्जा गरिरहेकै ठाउँमा रूसले कब्जा गरेको उहाँको भनाइ छ । यूक्रेनमा लामो समयदेखि आन्दोलनरत पृथकतावादीहरुलाई पहिले पनि रुसको सहयोग र समर्थन रहेको यूक्रेनले आरोप लगाउदै आएको छ ।

लक्जम्बर्गमा सांसदहरुलाई सम्बोधन गर्दै यूक्रेनी राष्ट्रपति जेलेनेस्कीले आफ्नो भूमि रक्षाका लागि आफुहरु सधैँ संघर्ष गरिरहनु पर्ने बताउनुभयो । उहाँले निराश नहुन र कुनैपनि हालतमा पछाडि नहट्न सबैलाई आग्रह गर्नुभयो । रासस÷एएफपी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार