२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

श्रीलंकामा चरम विदेश मुद्रा अभाव : 'देशव्यापी संकटकाल घोषणा'

शनिवार , चैत्र १९, २०७८

काठमाडौं, चैत । श्रीलंकामा राषट्रव्यापी संकटकाल घोषणा गरिएको छ । चरम विदेश मुद्रा अभावले महँगी बढ्नुका साथै, इन्धन र विजुलीसमेतको अभाव भएपछि आजैदेखि लागू हुने गरी संकटकाल घोषणा गरिएको हो ।

श्रीलंकामा अभाव सिर्जना भएसँगै हिंसात्मक आन्दोलनसमेत सुरु भएका थिए । गत बिहीबारमात्रै राजधानी कोलम्बोस्थित राष्ट्रपति गोताबाया राजापाक्षको निवास नजिकै आन्दोलनकारीले प्रदर्शन गरेका थिए ।

शुक्रबार केही प्रदर्शनकारी पक्राउ परेका छन् । बीबीसीका अनुसार संकटकाल घोषणा भएसँगै हिंसात्मक प्रदर्शनमा संलग्नलाई वारेन्टविनै पक्राउ गर्न भनिएको छ । अहिले श्रीलंका ठूलो आर्थिक संकटबाट गुज्रिरहेको छ ।

देशमा दैनिक १३ घण्टा लामो समयसम्म विद्युत कटौती हुने गरेको छ ।इन्धनको अभाव छ, अत्यावश्यक खानेकुरा र औषधिको अभावका माझ जनताको आक्रोश नयाँ चरम विन्दुमा पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार