२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपालले आज मलेसियासँग खेल्दै

शनिवार , चैत्र १९, २०७८

काठमाडौं, चैत । घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी-२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ । यसअघि लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको मलेसियालाई हराउँदै लिगमा अपराजित रहने लक्ष्यमा छ ।

नेपाल यसअघि पपुवा न्यूगिनी (पीएनजी) लाई १५ रन र ३७ रनले पराजित गरेको थियो भने मलेसियालाई ६ विकेटले हराएको थियो । मलेसियालाई भने फाइनल पुग्न नेपाललाई हराउनै पर्नेछ ।

मलेसियाले पहिलो खेलमा पीएनजीलाई हराए पनि शुक्रबार भएको खेलमा पीएनजीसँग ८ विकेटले पराजित भएपछि अंकतालिकामा अन्तिममा छ । नेपालसँग मलेसिया पाराजित भए पीएनजीलाई फाइनल पुग्ने बाटो खुल्नेछ ।

पीएनजीका लागि नेपाल र मलेसियाबीचको खेल महत्वपूर्ण बन्नेछ । नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साढे १२ बजे सुरु हुनेछ ।

मलेसिया नेपालको लागि परिचित प्रतिद्वन्द्वी हो । अहिलेसम्म टी-२० मा नेपाल र मलेसियाबीच कुल १० खेल भइसकेका छन् । जसमा ७ खेल टी-२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ । त्यसमा नेपालले ६ खेल जितेको छ भने मलेसियाले एक खेल मात्र जितेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार