२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

राष्ट्रिय भलिबल प्रतियोगिता :एपिएफ र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश

शुक्रवार , चैत्र ११, २०७८

धनगढी,चैत ।धनगढीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ अन्तर्गत बिहीबारको खेलमा विभागीय टोली एपिएफले घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई ३ को सोझो सेटले पराजित गरेको छ ।विजयी भएसँगै एपिएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एपिएफले सुदूरपश्चिमलाई २५,१३, २५,२० र २५,१२ को सेटले पराजित गरेको हो । खेलका म्यान अफ द म्याच एपिएफका टेकराज अवस्थी भए ।बिहीबार नै भएको अर्को क्वाटरफाइनल प्रतिस्पर्धामा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

गण्डकीले बागमतीलाई २५,१५, २५,१४ र २५,१८ को सेटले पराजित गरेको हो । खेलका म्यान अफ द म्याच गण्डकी प्रदेशका हरि पाण्डेय घोषित भए ।बिहीबारका दुई खेलसँगै प्रतियोगिताको सेमिफाइनल पुग्ने चार टोलीको टुङ्गो लागेको छ । फाइनल प्रवेशका लागि अब त्रिभुवन आर्मी क्लब र एपिएफका बीच तथा नेपाल पुलिस क्लब र गण्डकी प्रदेशका बीच प्रतिस्पर्धा हुने आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।यही चैत १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु चार लाख, उपविजेताले रु दुई लाख, तेस्रो हुने टोलीले रु एक लाख र चौथो स्थान प्राप्त गर्नेले रु ५० हजारसहित ट्रफी र मेडल प्राप्त गर्ने जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार