२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

पछिल्लो २४ घण्टामा:थप ६५ जनामा कोरोना सङ्क्रमित

आइतवार , फाल्गुण २९, २०७८

काठमाडौं,फागुन।नेपालमा थप ६५ जना कोभिड १९ का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा छ हजार ३०६ जनाको पिसीआर परीक्षण गर्दा ५९ जना र एक हजार ६४१ एन्टिजेन परीक्षणमा छ जना गरी कूल ६५ मा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १९२ सङ्क्रमणमुक्त भएका छन् ।  हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६१ हजार ७० रहेको छ । कोरोना निको भएको दर ९८।३ प्रतिशत रहेको छ । यस अवधिमा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । देशभर कोरोना भाइरसका सक्रिय सङ्क्रमितको चार हजार ९१७ रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार