२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

रुस-युक्रेन युद्ध १७ औँ दिनमा

अमेरिकी राष्ट्रपति जो बाइडनले भने : " अमेरिकी सेनाको संलग्नताले 'तेस्रो विश्वयुद्ध' निम्त्याउने ! "

शनिवार , फाल्गुण २८, २०७८

मेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो देशले युक्रेनमा रुसविरुद्ध प्रत्यक्ष रूपमा सैन्य हस्तक्षेप नगर्ने बताएका छन्। उनले अमेरिकी सेनाले रुसविरुद्ध लड्नुको अर्थ "तेस्रो विश्वयुद्ध सुरु गरे सरह" हुने चेतावनी दिए । युक्रेनले भने पश्चिमा देशहरूसँग पटक पटक नेटोमार्फत सैन्य सहायताको माग गरिरहेको छ।

बीबीसीका अनुसार, यद्यपि अमेरिकामा, राष्ट्रपति बाइडनले रुसमाथि नयाँ प्रतिबन्ध घोषणा गरेका छन्। जस अन्तर्गत रुसी रक्सी, समुद्री खाद्य सामग्री र हीराको आयातमा रोक लगाइएको छ।

उनले अमेरिकाले रुसी कुलीन वर्गमाथि आर्थिक प्रतिबन्ध बिस्तार गर्दै लग्ने समेत बताएका छन्। रुसले भने संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा, युक्रेनमा अमेरिकाको सहयोगमा जैविक हतियारका गतिविधि भएको दाबी गरेको छ। उसले यथेष्ट प्रमाणविना नै युक्रेनका ३० वटा प्रयोगशालामा जैविक हतियार विकास भइरहेको बताएको हो।

अमेरिकाले यो "पूर्ण रूपमा मिथ्या जानकारी" भएको र रुसले युक्रेनमा आफ्नो आक्रमणको औचित्य प्रमाणित गर्न झुट फैलाइरहेको बताएको छ।

 

नेटो फौजको नर्वेमा संयुक्त अभ्यास

यसैबीच युक्रेनमाथि रुसी आक्रमणको १७ औँ दिन शुरू हुँदा नेटोले उसका फौजलाई १४ मार्च सोमवारका दिन नर्वे पठाउने जनाएको छ।

२७ देशका करिब ३०,००० सैनिक, २०० विमान र ५० वटा ट्याङ्कहरू 'कोल्ड रेसपोन्स' २०२२ अभ्यास गर्ने ठानिएको छ। यो नेटो फौज संलग्न यो वर्षको सबभन्दा ठूलो अभ्यास भनिएको छ।

मार्च १४ मा शुरू हुने यो अभ्यासले पश्चिमा मुलुकहरूलाई ध्रुवीयलगायत चीसो मौसममा स्थलमा समुन्द्रमा र आकाशमा उनीहरूको युद्ध कौशल तीखार्न मद्धत मिल्नेछ।

यो अभ्यास रुसी सीमाको केही सय किलोमिटर टाढा हुनेछ। मस्कोको युक्रेनमाथि आक्रमण अगाडि नै योजना बनाइएको यो अभ्यासले अहिले त्यहाँ भइरहेको युद्धका कारण महत्त्व बढाएको छ।

नर्वेका रक्षा मन्त्री अड रोजर एनोकसेनले भने, "यो अभ्यास नर्वे र उसका सहयात्रीहरूका लागि असाध्यै मह्त्त्वपूर्ण छ।" यो अभ्यास १ एप्रिलमा अन्त्य हुने ठानिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार