२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

युक्रेनसँग अर्को चरणको शान्तिवार्ता गर्न चाहेका छौँ : रुस

बिहिवार , फाल्गुण २६, २०७८

 

मस्को, फागुन । रुसले युक्रेनसँग पुनः शान्ति वार्ता गर्न चाहेको दोहो¥याएको छ । रुसका प्रवक्ता डिमित्री पेस्कोभले बुधबार दिएको जानकारी अनुसार रुसले युक्रेनसँग जतिसक्दो चाडो वार्ता गर्न चाहेको छ । 

रुसले यसअघि भएका तीन चरणका वार्तालाई सकारात्मक रूपमा लिँदै त्यसलाई अगाडि बढाउनुपर्नेमा जोड दिएको छ ।  “हामीले युक्रेनबाट विस्थापित भएका सबैको रक्षाका लागि र उनीहरूको सहयोगका लागि पर्याप्त प्रयास गर्ने छौँ,” उहाँले भन्नुभयो ।

अहिलेको समस्या समाधानका लागि अर्को चरणका प्रयासहरू गर्नुपर्ने देखिएको र त्यसका लागि युक्रेनको तर्फबाट पनि पहल हुनुपर्ने रुसी अधिकारीहरूको भनाइ छ ।

प्रवक्ता पेस्कोभले रुसी विदेश मन्त्री सेर्गेइ लाभ्रोभ टर्की प्रस्थान गर्न लागेको पनि जानकारी दिनुभयो । त्यहाँ हुने कार्यक्रममा उहाँले युक्रेनका समकक्षीसँग भेटवार्ता गर्नुहुने पनि अपेक्षा गरिएको छ ।  रासस÷सिन्ह्व 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार