२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कोभिड १९ को सङ्क्रमण कम हुँदै : 'जोखिम यथावत् '

आइतवार , फाल्गुण २२, २०७८

काठमाडौं, फागुन । मुलुकमा कोभिड १९ को सङ्क्रमण क्रमशः कम हुँदै गएको छ । यद्यपि जोखिम भने यथावत् रहेको चिकित्सकहरूले बताएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार ९२९ जनाको परीक्षण गरिएकामा ६८ जनामा मात्र कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

सोही अवधिमा ५८३ जना सङ्क्रमणमुक्त भई घर फर्केका छन् । त्यसैगरी बितेका २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुईजनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९४७ पुगेको छ ।

हाल देशभर छ हजार ४६१ जना सक्रिय सङ्क्रमित रहेका र १०८ जना क्वारेन्टिनमा बसेका छन् । पछिल्ला २४ घण्टामा ८८ हजार ५६६ जनाले कोभिड १९ विरुद्ध खोप लगाएका उक्त मन्त्रालयले बताएको छ ।

खोप अभियान सुरु भएयता तीन करोड ७७ लाख २१ हजार ८८६ मात्रा खोप लगाइसकिएको छ भने एक करोड ८५ लाख २७ हजार १९० जनाले पहिलो मात्रा खोप लगाएका छन् ।

एक करोड ७८ लाख ७६ हजार २२३ जनाले खोपको पूर्ण मात्रा लगाइसकेका छन् । आजसम्ममा १३ लाख १८ हजार ४३७ जनाले खोपको अतिरिक्त मात्रा पनि लगाइसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार