पेरिस (फ्रान्स), फागुन । फ्रान्सले अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) को मापदण्डमा आधारित पाँच मुख्य युक्रेनी आणविक केन्द्रहरूको सुरक्षा गर्न आफ्ना साझेदारलाई विशेष कदम प्रस्ताव गर्नेएलिसी दरबारले शुक्रबार जनाएको छ ।
युक्रेनमा चार सक्रिय आणविक ऊर्जा प्लान्टहरूजापोरिज्जिया, खमेलनित्स्की, रिभने र दक्षिण युक्रेन छन्। चेर्नोबिलमा पाँचौं हाल सिल गरिएको छ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले AEA निर्देशकसँग भेट गरेको उल्लेख गर्दै" केही घण्टा माफ्रान्सले IAEA प्राविधिक मापदण्डमा आधारित युक्रेनको पाँच मुख्य आणविक वस्तुहरूको सुरक्षा प्रदान गर्न आफ्ना मुख्य साझेदारहरूलाई ठोस उपायहरू प्रस्ताव गर्नेछ," दरबारले विज्ञप्तिमा जनाएको छ । रासस-एएनआई / स्पुतनिक