२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपालमा कोरोना : 'थप १२६ जनामा संक्रमण'

शुक्रवार , फाल्गुण २०, २०७८

काठमाडौँ, फागुन ।  नेपालमा २४ घण्टामा ८ हजार ९३३ परीक्षण हुँदा १२६ जनामा कोरोना संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार देशभर ७ हजार ९१ पीसीआर परीक्षणमा १११ र १ हजार ८४२ एन्टिजेन परीक्षणमा १५ जनामा पोजिटिभ देखिएको हो ।

२४ घण्टामा १ संक्रमितको मृत्यु भएको छ भने ३८५ जना निको भएका छन् । सोही अवधिमा ३७ हजार १९२ जनाले खोप लगाएका छन । शुक्रबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार २४२ रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार