२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

युक्रेन-रुस युद्ध

युक्रेन -रुस युद्धः युक्रेनी राष्ट्रपतिको एक्लाएक्लै वार्ता प्रस्तावपछि पुटिनको जबाफ

शुक्रवार , फाल्गुण २०, २०७८

फागुन। रुस र युक्रेनका नागरिक एउटै भएको तर्क गर्दै उनले पश्चिमाहरूले युक्रेनलाई रुसविरोधी बनाउने प्रयास गरेको आरोप समेत लगाए। यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनलाई एक्लाएक्लै वार्तामा बस्न आह्वान गरेका थिए। मानवीय सङ्कट गहिरिँदै गर्दा जेलेन्स्कीले संवादले मात्रै युद्ध अन्त्य गराउन सक्ने बताएका छन्। य

सैबीच, युद्धविरामसम्बन्धी वार्तामा युक्रेनी र रुसी वार्ताकारहरूले न्यून प्रगति हासिल गरेका छन्। सर्वसाधारणका निम्ति सुरक्षित निकासको आवश्यकतामा दुवै पक्ष सहमत भएका छन्। रुसले युक्रेनमा किन आक्रमण गर्यो, पुटिन के चाहन्छ न्पुटिनः जासुसदेखि राष्ट्रपतिसम्म त्यो नतिजा निस्के पनि किएभले अपेक्षा गरेअनुरूप परिणाम आउन नसकेको युक्रेनका एक वरिष्ठ अधिकारीले बताए।

पुटिनले युक्रेनमाथि गरिएको अतिक्रमणलाई सही ठहर्‍याएकै बेला वार्ताको नतिजाबारे विवरण सार्वजनिक भएको हो। अज्ञात स्थलमा भएको वार्तामा रुसी र युक्रेनी प्रतिनिधिहरू सम्भावित युद्धविरामबारे सहमत भएका छन्।तर मानिसहरूलाई सुरक्षित ठाउँमा जान मार्ग तय भएपछि र उद्धारको समयसम्मका लागि युद्धविराम हुनसक्ने युक्रेनी राष्ट्रपतिका सहयोगी मिखाइलो पोदोलियाकले बताए। धेरै दुःखका साथ भन्नुपर्दा वार्ताबाट हामीले अपेक्षित नतिजा पाएनौँ,ू उनले थपे।

जारी द्वन्द्वबीच रुस र युक्रेनले एक साताभित्र दोस्रो पटक वार्ता गरेका छन्। म पैसा तिर्न सक्दिनँुस् रुसी नागरिकलाई आर्थिक प्रतिबन्धको पीडा परमाणुअस्त्रका जोखिमहरू के हुन्रु तर युक्रेनी शहरहरूमाथि रुसको भीषण बमबारीबीच मानवीय सङ्कट गहिरिँदै गएको छ। पुटिनले आफ्ना फ्रेन्च समकक्षी एमानुएल माक्रोँसँग ९० मिनेट लामो टेलिफोन वार्ता गरेका छन्।

रुसी फौजले गैरसैनिक संरचनाहरूलाई समेत निसाना बनाउँदै आएको युक्रेनी अधिकारीहरूले बताउने गरे पनि मस्कोले त्यसलाई अस्वीकार गर्दै आएको छ। माक्रोँका एक सहयोगीले संवाददाताहरूलाई बताएअनुसार नराम्रा दिन अझै आउने राष्ट्रपतिको अनुमान छ।

युक्रेनमाथिको आक्रमण नयाँ शीतयुद्धको सुरुवात होरु युक्रेन सङ्कट चीनका लागि यसरी ठूलो चुनौती बनेको छ त्यसको कारण के हो भने टेलिफोन वार्तामा रुसी राष्ट्रपति पुटिनले युक्रेनमा आफ्ना लक्ष्य हासिल नभएसम्म आक्रमण जारी राख्ने माक्रोँलाई बताएका थिए। जबाफमा माक्रोँले युक्रेनमाथि रुसले गरेको अतिक्रमण एउटा गम्भीर गल्ती भएको र पुटिनका धारणा वास्तविकतासँग मेल खाने खालका नभएको भने।

लडाइँ जारी रहँदा रणनीतिक महत्त्वको युक्रेनको दक्षिणी बन्दरगाह शहर मारिउपोलका अधिकारीहरूले रुसी फौजको भीषण गोलाबारीका कारण ऊर्जा र पानीको आपूर्ति रोकिएको बताएका छन्। मानवीय सङ्कटबारे चेतावनी दिँदै सो शहरका डेपुटी मेयरले शवहरू उठाउन सुरक्षित नरहेको बताए।

एउटा रुसी लडाकु विमानले उत्तर शहर चर्निभमा आवासीय क्षेत्रमाथि हवाई हमला गर्दा कम्तीमा २२ जना मारिएको आपत्कालीन सेवासम्बन्धी निकायले जनाएको छ। राजधानी किएभदखि ६० किलोमिटर टाढा रहेको पश्चिमोत्तर शहर बोरोडियान्कामा भवनहरू ध्वस्त भएको भिडिओ फुटेजमा देखिन्छ।बीबीसी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार