२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

पाकिस्तानमा ७६५ जना कोरोनाका नयाँ सङ्क्रमित,२२ को मृत्यु

बुधवार , फाल्गुण १८, २०७८

इस्लामाबाद,फागुन। पाकिस्तानमा मङ्गलबार कोरोनाका थप ७६५ जना सङ्क्रमित भएका छन् । गत २४ घण्टामा यहाँ कोरोना सङ्क्रमणका कारण २२ व्यक्तिको मृत्यु भएको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर (एनसीओसी) ले बुधबार जानकारी दिएको छ ।

पाकिस्तानमा हालसम्म १५ लाख १० हजार ९८६ जनालाई कोरोना सङ्क्रमण देखा परेको छ ।  ती मध्ये १४ लाख ४५ हजार २४५ जना कोरोना भाइरस मुक्त भएका छन् । हाल पाकिस्तानमा ९८१ जना गम्भीर बिरामीसहित ३५ हजार ५३२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण थप २२ जनाको मृत्यु भएसँगै पाकिस्तानमा कोरोेनाबाट ज्यान गुमाउनेको सख्या ३० हजार २१८ पुगेको छ ।पाकिस्तानको दक्षिणी प्रान्त सिन्ध सबैभन्दा बढी कोरोना प्रभावित क्षेत्र हो  । यहाँ पाँच लाख ६८ हजार ६३५ कोरोना सङ्क्रमण भएको छ । त्यसपछि पूर्वी प्रान्त पञ्जाबमा पाँच लाख एक हजार ७५८ कोरोना सङ्क्रमण भएको  समाचारमा जनाइएको छ । सिन्ह्वा

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार