२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

पछिल्लो २४ घण्टा : 'थप १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि '

मंगलवार , फाल्गुण १७, २०७८

काठमाडौँ, फागुन । देशभर पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा ६ हजार ५०४ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७७ हजार ७६ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३९ हजार हजार ४५३ रहेको छ । पछिल्लो समय थप ३५४ जना सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५७ हजार १६७ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९७ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । थप दुई जनाले कारोनाबाट ज्यान गुमाएका छन् ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३८ पुगेको छ । त्यसैगरी पछिल्लो समय एक लाख आठ हजार १४० जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ९७१ छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार