२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

युक्रेन-रुस तनाव

किएभका सडक : ' राष्ट बचाउन राष्ट्रपतिदेखि आधुनिक हतियार बोकेका स्वयंसेवकसम्म'

'शक्ति राष्ट रुसको चपेटामा युक्रेन, राष्ट बचाउन सर्वसाधारणदेखि राष्टपति आफै सडकमा, पिल्सिएर सहयोग मागिरहेछ युक्रेन, अमेरिका - इयू हेरिरहेछ'

आइतवार , फाल्गुण १५, २०७८

युक्रेनमा रुसी आक्रमणको तेस्रो दिन युक्रेन सरकारले राजधानी किएभका चोकहरूमा सङ्घर्ष जारी रहेको बताएको छ। सी सैनिकहरू किएभनजिकै आइपुग्दा बिहानबाटै किएभका विभिन्न ठाउँबाट विस्फोटनका विवरणहरू प्राप्त भएका छन्।

केही आवासीय क्षेत्र पनि आक्रमणमा परेका छन्। राजधानीतर्फ केन्द्रित हुँदै गरेका रुसी सेनालाई रोक्न युक्रेनले सेना परिचालन गरेको छ भने नागरिकलाई हतियार वितरण गरिएको छ।

 

किएभमा हतियार निरीक्षण गर्दै नागरिक स्वयंसेवकहरू

तस्बिर स्रोत,REUTERS

तस्बिरको क्याप्शन :  किएभमा हतियार निरीक्षण गर्दै नागरिक स्वयंसेवक
 

बीबीसीका अनुसार, युक्रेनी राष्ट्रपतिले युक्रेन छोडेर सुरक्षित स्थानमा जान गरिएको अमेरिकी प्रस्ताव अस्वीकार गरेको विवरण प्राप्त भएको छ।  उनी आफैँ किएभका सडकमा देखा परेका छन्। उनले युक्रेनको प्रतिरक्षा गरिने वाचा दोहोर्‍याएका छन्।

युक्रेनले सम्भावित सबै उपाय अवलम्बन गरेर रुसी सैनिकहरूको प्रतिकार जसरी सकिन्छ त्यसरी गर्न किएभवासीलाई आग्रह गरेको छ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफैँले खिचेको भिडिओ ट्विटरमा प्रेषित गर्दै आफूले सेनालाई रुससँग आत्मसमर्पण गर्न आह्वान गरेको भन्ने अफवाहको खण्डन गरेका छन्। त्यस्तो अफवाहलाई निस्तेज पार्न उनी किएभका सडकमा आफैँ गएर त्यो सन्देश दिएका हुन्।

 

युक्रेनी राष्ट्रपतिले युक्रेनको प्रतिरक्षा गरिने वाचा दोहोर्‍याएका छन्।

तस्बिर : NSTAGRAM/@ZELENSKIY_OFFICIAL/VIA REUTERS

"मैले सेनालाई हतियार बिसाउन भनेको तथा ठाउँ छोड्ने क्रम सुरु भएको जस्ता निकै मिथ्या सूचनाहरू अनलाइनमा छन्," उनले भने। "म यहीँ छु। हामी हतियार बिसाउँदैनौँ।

हामी हाम्रो राष्ट्रको प्रतिरक्षा गर्छौँ।" उनको उद्धार गर्ने वाशिङ्टनको प्रस्तावलाई जेलेन्स्कीले अस्वीकार गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

"लडाइँ यहाँ भइरहेको छ। मलाई हतियार चाहिएको छ, कुनै सवारी होइन," अमेरिकी समाचारसंस्था एपीले वार्तालापबारे जानकारी भएका एक वरिष्ठ गुप्तचर अधिकारीलाई इङ्गित गर्दै जेलेन्स्कीले त्यसो भनेको जनाएको छ।

द वाशिङ्टन पोस्टले पनि अमेरिकी र युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी सरकार जेलेन्स्कीलाई सहयोग गर्न तयार रहेको जनाएको छ। रुसी हमलाविरुद्ध जनाएको प्रतिक्रियाका कारण जेलेन्स्कीको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ।

किएभमा रुसी आक्रमणबाट क्षतिग्रस्त एउटा आवासीय क्षेत्रबाट सुगालाई सुरक्षित स्थानमा लग्दै युक्रेनी प्रहरीहरू

तस्बिर स्रोत,EPA

तस्बिर क्याप्शन : किएभमा रुसी आक्रमणबाट क्षतिग्रस्त एउटा आवासीय क्षेत्रबाट सुगालाई सुरक्षित स्थानमा लग्दै युक्रेनी प्रहरी
 
हवाई आक्रमण हुने चेतावनी पाएपछि भूमिगत आश्रयस्थलतिर जाँदै मानिसहरू

तस्बिर :  REUTERS

तस्बिर :  हवाई आक्रमण हुने चेतावनी पाएपछि भूमिगत आश्रयस्थलतिर जाँदै मानिसहरू
 
हतियारसहित युक्रेनी स्वयंसेवक

तस्बिर  : REUTERS

आराम गर्दै नागरिक स्वयंसेवी

तस्बिर : REUTERS

किएभमा हजारौँ नागरिक स्वयंसेवकलाई बन्दुक दिइएको छ

तस्बिर : GETTY IMAGES

तस्बिर : किएभमा हजारौँ नागरिक स्वयंसेवकलाई बन्दुक दिइएको छ
 
युक्रेनका नागरिक स्वयंसेवकहरू

तस्बिर : REUTERS

एक नागरिकको घरमा खेलौनासँगै बन्दुक

तस्बिर : SARAH RAINSFORD/BBC

तस्बिर : एक नागरिकको घरमा खेलौनासँगै बन्दुक
 
किएभको सडकमा हिँड्दै एक युक्रेनी सशस्त्र सुरक्षाकर्मी

तस्बिर  : EPA

तस्बिर : किएभको सडकमा हिँड्दै एक युक्रेनी सशस्त्र सुरक्षाकर्मी
 
बम आक्रमणबाट जोगिन मानिसहरूले किएभमा भूमिगत रेल स्टेशन र बम शेल्टरम आश्रय लिइरहेका छन्

तस्बिर  : GETTY IMAGES

तस्बिर : बम आक्रमणबाट जोगिन मानिसहरूले किएभमा भूमिगत रेल स्टेशन र बम शेल्टरमा आश्रय लिइरहेका छन्
रुसी सेनाले प्रहार गरेका क्षेप्यास्त्रहरूले आवासीय क्षेत्रमा पनि क्षति पुर्‍याएका छन्।
 
किएभमा एउटा क्षतिग्रस्त भवन नियाल्दै युक्रेनी सैनिकहरू

तस्बिर :  REUTERS

तस्बिर : एउटा क्षतिग्रस्त भवन नियाल्दै युक्रेनी सैनिकहरू
 
बम शेल्टरमा सर्वसाधारणहरूले आफूसँगै आफूले घरमा पालेका कुकुर, बिरालो र खरायो पनि लगेको देखिन्छ

तस्बिर स्रोत,SARAH RAINSFORD/BBC

 
तस्बिर : बम शेल्टरमा सर्वसाधारणहरूले आफूसँगै आफूले घरमा पालेका कुकुर, बिरालो र खरायो पनि लगेको देखिन्छ
 
किएभको मेट्रो स्टेशनमा आश्रय लिइरहेका दुई व्यक्ति

तस्बिर : REUTERS

किएभबाट उद्धार भएर जानेहरू रेलको प्रतीक्षामा

तस्बिर : REUTERS

तस्बिर : किएभबाट उद्धार भएर जानेहरू रेलको प्रतीक्षामा
 
मानिसहरू युक्रेनबाट हंगेरीतर्फ लागेका छन्

तस्बिर : REUTERS

तस्बिर : मानिसहरू युक्रेनबाट हङ्गेरीतिर लागेका छन्
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार