२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

युक्रेनको अनुरोध : 'युरोपेली संघको सदस्य बनाउ, हामी सङ्कटपूर्ण अवस्थामा छौँ '

शनिवार , फाल्गुण १४, २०७८

किभ, फागुन । युरोपेली संघको सदस्य बनाउन युक्रेनले अनुरोध गरेको छ ।  युरोपेली क्षेत्रमा रहेको देश भएर पनि अहिलेसम्म युरोपेली संघको सदस्य नभएको युक्रेनले रुसको आक्रमणमा परेपछि संघको सदस्य बनाउन अनुरोध गरेको हो । 

युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले तत्काल संघको सदस्य बनाउन अनुरोध गर्नु भएको समाचारमा जनाइएको छ ।  “अहिले हामी सङ्कटपूर्ण अवस्थामा छौँ, यस बारेमा धेरै छलफल र बहस नगरौँ, युरोपेली संघले युक्रेनलाई जतिसक्दो चाँडो आफ्नो सदस्य बनाओस्,” उहाँले भन्नुभयो । 
उहाँले शनिबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेअनुसार संघको सदस्यको जिम्मेबारी निर्वाह गर्न युक्रेन तयार छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार