२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

'युद्धबाट हुने मानवीय क्षति र कष्टको जिम्मा रुसले  लिनुपर्छ' : बाइडन

बिहिवार , फाल्गुण १२, २०७८


काठमाडौं, फागुन । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा युद्धबाट हुने मानवीय क्षति र कष्टको जिम्मेवार रुस हुने बताएका छन् । बिहीबार बिहानै एक विज्ञप्ति जारी गर्दै बाइडनले युद्धबाट हुने भयावह मानवीय क्षति र पीडाको जिम्मा रुसले लिनु पर्ने बताएका हुन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाही सुरु भएको घोषणा गरेपछि बाइडनको पछिल्लो भनाइ आएको हो ।

‘आज राति सारा विश्वका नेताहरू युक्रेनी जनताको साथमा छन् किनभने उनीहरू रुसी फौजबाट बिनाकारण तथा कुनै उक्साहटबिनै भएको हमलाको सामना गर्न पुगेका छन्’, बाइडनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति पुटिनले डरलाग्दो मानवीय क्षति एवं कष्ट निम्त्याउने गरी सुनियोजति युद्ध रोजेका छन् । आक्रमणबाट हुने मृत्यु र विनाशको जिम्मेवार रुस मात्रै हुनेछ ।’

‘अमेरिका र उसका साझेदार एवं सहयोगीहरूले एक भएर दृढतापूर्वक जवाफ दिने छन्’, विज्ञप्तिमा उल्लेख छ, ‘विश्वले रुसलाई जवाफदेही बनाउने छ ।’ 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार