काठमाडौँ, फागुन। पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ हजार ६०० जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७५६ जनाको नमुना परीक्षण भएको थियो । कोरोना संक्रमणबाट थप ३ जनाका मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमित १८ हजार २५१ जना रहेका छन्।
थप तीनको मृत्यु हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९०५ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप तीन जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस सङ्क्रमणबाट हुने मृत्यु दर १.२ प्रतिशत रहेको छ ।
त्यसैगरी पछिल्लो समय दुई लाख १४ हजार १०३ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार २५१ रहेको छ ।
अहिले होम आइसोलेसनमा १७ हजार ५८० रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा ६७१ आइसीयुमा १५६ र भेन्टिलेटरमा २६ जनाले उपचार गराइरहेका छन् ।