२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

'रुसले युक्रेनमाथि जुनसुकै बेला आक्रमण गर्न सक्छ' : अमेरिका

शनिवार , माघ २९, २०७८

वासिङ्टन डिसी, माघ । रुसले युक्रेनमाथि जुनसुकै बेला आक्रमण गर्न सक्ने अमेरिकले चेतावनी दिएको छ। रुसले जुनसुकै बेला आक्रमण गर्नसक्ने भएकाले आफ्ना नागरिकलाई युक्रेन छाडन अमेरिकाले फेरि ताकेता गरेको छ।

रुसले हवाई आक्रमण गरी युक्रेनविरुद्ध युद्ध छेडनसक्ने अमेरिकी अधिकारीहरुको भनाइ

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लहाकार जेक सुलिभानले रुसी सेनाले युक्रेनविरुद्ध जुनसुकै बेला आक्रमण गर्न सक्ने बताए। अमेरिकाले अन्य मुलुकहरुलाई पनि आफ्ना नागरिकलाई युक्रेनबाट फिर्ता बोलाउन आग्रह गरेको छ।

बेल्जियमले युक्रेनमा रहेका आफ्ना नागरिकलाई फिर्ता बोलाइसकेको छ। बेलायत, अष्ट्रेलिया, क्यानडा र नेदरल्याण्डले समेत आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न आग्रह गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार