२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

अष्ट्रेलियाको आफ्ना नागरिकलाईआग्रह : 'युक्रेन छाेड'

शनिवार , माघ २९, २०७८

क्यानबेरा, माघ । अष्ट्रेलियाले युक्रेनमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट बाहिरिन आग्रह गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमाथी रुसले हमला गर्ने खतरा देखिएकाले युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अनुरोध गर्नु भएको हो ।

रुसले युक्रेनसँगको सिमा क्षेत्रमा रहस्यमय तरिकाले हजारौँ सुरक्षाकर्मी तैनाथ गराएकाले रुसले युक्रेनमा आक्रमण गर्ने तयारी गरेको धेरैको दावी छ ।

“युक्रेन र रुसको सीमा क्षेत्रको अवस्था हेर्दा र विभिन्न चर्चा सुन्दा युक्रेनमा बसिरहनु अहिले सुरक्षाको दृष्टीकोणले अत्यन्त खतरा छ, त्यसैले हाम्रा सबै नागरिकलाई युक्रेनबाट बाहिरिन अनुरोध गर्दछौँ,” प्रधानमन्त्री मोरिसनले भन्नुभएको छ ।

उहाँले युक्रेनमा अशान्ति नहोस भन्ने आफुले चाहेको भएपनि द्वन्द्वको अवस्था सृजना हुने खतरा देखिएको उल्लेख गर्नुभएको छ । युक्रेनमा अहिले सुरक्षाको सुनिश्चितता नरहेको र जुनसुकै बेला जे पनि हुन सक्ने भएकाले त्यहाँ बसिरहनु उपयुक्त नहुने मोरिसनको भनाइ छ । रासस - एएनआई

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार