२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

जर्मनी : ' युक्रेन छोड्न आफ्ना नागरिकसँग आग्रह'

शनिवार , माघ २९, २०७८

बर्लिन, माघ । युक्रेनमा रहेका र त्यहाँ बस्नुपर्ने आवश्यकता नरहेका आफ्ना नागरिकलाई यूक्रेन छोड्न जर्मनीले शनिबार निर्देशन दिएको छ । तनाव बढ्दै जाँदा सैन्य द्वन्द्वलाई रोक्न नसकिने भन्दै उनीहरूलाई स्वदेश फर्किन आग्रह गरेको हो ।

विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, यूक्रेनी सीमा नजिकै रूसी सैनिक एकाइहरूको बृहत् चालका कारण गत केही दिनहरूमा रूस र युक्रेनबीच फेरि तनाव बढेको छ ।

हाल तपाईं युक्रेनमा हुनुहुन्छ भने तपाईंको उपस्थिति जरुरी छ कि छैन पक्का गर्नुहोस् । यदि जरूरी ठान्नुहुन्न भने केही समयको लागि यूक्रेनी भूगोल छोड्नुहोस् ।

यसैबीच रूसी विदेशमन्त्री सर्गेई लाभरोभले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन र पश्चिमले यूक्रेन र रूसबीच यूक्रेनमा द्वन्द्व चाहेको आरोप लगाउनुभयो । रासस एएफपी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार