२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

पछिल्लो २४ घण्टा : '८३६ मा कोरोना संक्रमण, चार जनाले ज्यान गुमाए '

शनिवार , माघ २९, २०७८

काठमाडौं, माघ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या घटेर एक हजार भन्दा तल झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट पछिल्लो २४ घण्टामा जम्मा ८३६ संक्रमण पुष्टि भएको छ ।

चार हजार २६० पीसीआर परीक्षणमा ४९१ जना र दुई हजार ३९४ एन्टिजेन परीक्षणमा ३४५ जना गरी ८३६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण चार जनाले ज्यान गुमाएका छन् । त्यस्तै एक हजार ८२६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या २६ हजार १०२ रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार