२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

ओरालो लाग्दै सङ्क्रमण : ' आज एक हजार ७१४ सङ्क्रमित थपिए'

शनिवार , माघ २२, २०७८

काठमाडौं, माघ । पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण ओरालो लाग्न थालेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज आठ हजार ५३१ नमूना परीक्षण यससँगै नेपालमा हालसम्म पीसीआर विधिबाट नौ लाख ६५ हजार २२२ र एन्टिजेन विधिबाट परीक्षण गर्दा एक लाख ३४ हजार ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सक्रिय सङ्क्रमितको सङ्ख्या ५२ हजार ७८० छ । आज चार हजार ७७१ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । हालसम्म नौ लाख ६३९ कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज सङ्क्रमणबाट नौ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोना सङ्क्रमणबाट ११ हजार ८०३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार