२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कोरोना महामारीकाे त्रास

पछिल्लो २४ घण्टा : " २ हजार ५२६ मा कोरोना संक्रमण , १६ जनाको मृत्यु "

शुक्रवार , माघ २१, २०७८

काठमाडौं, माघ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । २ हजार ५२६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ७३ नमुना परीक्षण गरिएको थियो ।

६ हजार ६५५ नमुनाको पीसीआर टेष्ट गर्दा एक हजार ६०२ र चार हजार ४१८ नमुनाको एन्टीजेन पछिल्लो २४ घण्टामा आठ हजार ४२५ जन संक्रमणमुक्त भएका छन् । हाल देशभर ५६ हजार ४५७ संक्रिय संक्रमित छन् ।

५५ हजार ९० संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ३६७ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २४३ जनाको आईसीयू र ५१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाउको छ ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ९७ हजार ५८९ पुगेको छ । यस्तै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ७९४पुगेको छ भने ८ लाख ९५ हजार ८६८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका ३५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९८ जना कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकामा थपिए ७४५ संक्रमित

यस्तै काठमाडौं उपत्यकामा शुक्रबार थप ७४५ जनामा कोरो संक्रमित थपिएका छन् ।  मन्त्रालयका अनुसार काठमाडौंमा ५७०, ललितपुरमा १२० र भक्तपुरमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या घट्न थालेको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ? स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै कास्कीमा १०२, मोरङमा ८५, चितवनमा ६२, सुनसरीमा ५७, झापामा ४० र रुपन्देहीमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै मकवानपुरमा ३२, बाँकेमा २७, बागलुङमा २५, काभ्रेपलाञ्चोकमा २४, नवलपरासी पुर्वमा २१ र बारामा २० जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार