२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

इयु र बेलायत : 'रूसी ग्यास परियोजना विरुद्ध प्रतिबन्धको तयारी गर्दै '

शुक्रवार , माघ १४, २०७८

मस्को (रूस), माघ । युरोपेली संघ र बेलायतले युक्रेनमा रुसले आक्रमण गरेमा लगाइने नयाँ रुसी ग्यास परियोजनाहरू विरुद्ध प्रतिबन्ध लगाउने तयारी गर्दै गरेको सञ्चार माध्यमले जनाएका छन् ।

फाइनान्सियल टाइम्सका अनुसार, नयाँ प्रतिबन्धहरू अमेरिकी सहयोगमा विकसित भइरहेको छ र भविष्यका ग्यास परियोजनाहरूका लागि वित्तपोषण र प्रविधि हस्तान्तरणमा कटौती गर्ने उद्देश्यसहितको हुनेछ।

दि त्यसो भयो भने यी प्रतिबन्धहरूले रुसी ऊर्जा क्षेत्रमा लगानी गर्ने बीपी, टोटल र शेल जस्ता युरोपेली दिग्गजहरूलाई असर गर्नेछ। पछिल्ला केही महिनाहरूमा पश्चिम र युक्रेनले रुसमाथि आक्रमणको कथित तयारीमा युक्रेनी सीमा नजिकै सेना केन्द्रित गरेको आरोप लगाएका छन्।

यता रुसले भने बारम्बार युक्रेनमा आक्रमण गर्ने आफ्नो मनसाय नभएको बताउँदै आएको छ भने उसलाई आफ्नै क्षेत्रमा सेना सार्ने अधिकार छ भन्ने कुरामा जोड दिँदै आएको छ। रासस-एएनआई/स्पुतनिक

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार