२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

अमेरिकी लडाकू बिमान

बिशेष बिमान समुद्रमा खस्यो : 'लडाकु विमानसम्म अगाडि पुग्न चीन - अमेरिकी नौसेनाको दौड'

शुक्रवार , माघ १४, २०७८

  • क्लेअर हिल्स
मुद्रमा खसेको आफ्नो एउटा लडाकु विमानसम्म चीनभन्दा अगाडि पुग्नका लागि अमेरिकी नौसेना लागिपरेको छ।

नौसेनाका अनुसार यूएसएस कार्ल विन्सनबाट उडान भर्ने क्रममा उत्पन्न भएको ''समस्या'' का कारण एफ३५-सी विमान साउथ चाइना सीमा खसेको थियो।

समुद्रमा खसेको जेट नौसेनाको नयाँ विमान हो र यसमा गोप्य उपकरणहरू जडान गरिएको छ। विमान अन्तर्राष्ट्रिय जलक्षेत्रमा रहेकाले प्राविधिक रूपमा यो निष्पक्ष दौड हो।

जो त्यो विमानसम्म पहिले पुग्छ, उसले बाजी मार्छ र त्यो जितबाट प्राप्त हुने कुरा भनेको निकै महँगो लडाकु विमानबारे गोप्य सूचना हुन्। सोमवार सैन्य अभ्यासका क्रममा समुद्रमा उक्त विमान खसेसँगै डुङ्गामा सवार सातजना घाइते भएका थिए।

हाल त्यो विमान समुद्रमा छ र अब के हुन्छ भन्ने कुरा स्पष्ट छैन। नौसेनाले कुन स्थानमा विमान झरेको हो वा उक्त विमानसम्म पुग्न कति समय लाग्छ भन्ने कुरा पुष्टि गर्ने छैन।

सेना

तस्बिर स्रोत :  TED ALJIBE

 
तस्बिरको क्याप्शन, सेना
 

चीनले पूरै साउथ चाइना सी आफ्नो रहेको दाबी गर्दै आएको छ र त्यो दाबी कायम राख्न विभिन्न कदम चालिरहेको छ। सन् २०१६ मा चीनसँग उक्त क्षेत्र दाबी गर्ने कानुनी आधार नरहेको अदालतहरूले फैसला सुनाए पनि उसले त्यो स्वीकार गरेको छैन।

राष्ट्रिय सुरक्षा विज्ञ चिनियाँ सेना उक्त विमानसम्म पुग्न ''अत्यन्त उत्सुक'' हुने बताउँछन्। उद्धारका लागि प्रयोग गरिएको पानीजहाज दुर्घटना स्थलभन्दा १० दिन पर रहेको बताइएको छ।

विमानको ब्ल्याक बक्समा जडान गरिएको ब्याट्री त्यसअघि नै सकिने र त्यसले गर्दा विमान फेला पार्न गाह्रो हुने हुँदा त्यो निकै ढिला हुने रक्षा मामिलासम्बन्धी कन्सल्टयान्ट आबी अस्टीन बताउँछिन्।

विमानमा जडान गरिएको प्रविधि चीनसँग नभएकाले उक्त जेटसम्म पहिले पुग्न सके चीनले ठूलो फड्को मार्न सक्ने उनी बताउँछिन्।

Presentational grey line

एफ-३५ सी किन विशेष छ?

उडानका बेला जम्मा पारेको सूचना 'रियल टाइम'मा सेअर गर्न सक्ने क्षमता यो अमेरिकी नौसेनाको पहिलो ''लो अभजर्भेभल'' क्यारियर आधारित विमान हो जुन शत्रुको हवाई क्षेत्रमा देखा नपरीकनै काम गर्न सक्षम छ

यसमा निकै शक्तिशाली फाइटर इन्जिन जडान गरिएको छ र यसले १,२०० एमपीएच सम्मको गतिमा यात्रा गर्न सक्छ विमानको पखेटामा दुईवटा अनि विमानभित्र चार वटा क्षेप्यास्त्र बोक्न सक्ने क्षमता यसमा छ

  • बीबीसी न्यूज, वाशिङ्गटन डीसी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार