२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

धरान : 'दुई सङ्क्रमितको मृत्यु'

बिहिवार , माघ १३, २०७८


इटहरी, माघ । कोरोना सङ्क्रमणका कारण धरानमा दुई जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा धरान–१५ र ११ का दुई जना सङ्क्रमितको मृत्यु भएको हो ।
प्रतिष्ठानका सह प्रवक्ता डा. चुडामणि पोखरेलका अनुसार सङ्क्रमण भएर अस्पतालमा भर्ना भएका ७२ वर्षीय वृद्धको बिहीबार बिहान उपचारको क्रममा मृत्यु भएको हो । बृद्ध दीर्घरोगी रहेको र उनले कोरोना विरुद्धको खोप पनि लगाएको बताइएको छ । 
त्यसैगरी, धरान ११ का एक जना सङ्क्रमित पुरुषको पनि गए राती उपचारको क्रममा मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड अस्पतालमा अहिले ३१ जना सङ्क्रमितको उपचार भइरहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार