२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

अफगानिस्तानमा हिमपात : '४२ को मृत्यु, ७६ घाइते'

सोमवार , माघ १०, २०७८

काबुल, माघ । अत्यधिक हिमपातका कारण अफगानिस्तानमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । हिमपातमै परी अरु ७६ जना घाइते समेत भएको स्थानीय सञ्चार माध्यमले सोमबार समाचार सम्प्रेषण गरेका छन् ।

तालिवान सरकारको प्रकोप व्यवस्थापन मामिला मन्त्रालयले देशका १५ प्रान्तमा हिमपात भएको जानकारी दिएको छ । मन्त्रालयका अधिकारीले हिमपातका कारण दुई हजारभन्दा बढी घरहरुमा क्षति पुगेको पनि जनाएका छन् ।

पछिल्लो २० दिनमा यति ठूलो क्षति भएको अधिकारीहरुको भनाई छ । उनीहरुले हिमपातबाट प्रभावितहरुलाई मन्त्रालयको तर्फबाट अत्यावश्यक सेवा तथा सामग्रीहरु उपलब्ध गराइएको पनि उल्लेख गरेका छन् ।

प्रतिकुल मौसमका कारणले हिमपातबाट प्रभावित भएकालाई खोजी, उद्धार तथा राहतका लागि गाह्रो भइरहेको घटनास्थलमा खटिएका अधिकारीले बताएका छन् ।

प्रभावितहरुलाई विभिन्न ठाउँमा स्थानान्तरण गरेर अस्थायी शिविर बनाएर राखिएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् । रासस- एएनआई

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार