२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

बीपी प्रतिष्ठान धरान : '२१६ जना स्वास्थ्यकर्मी सङ्क्रमित'

आइतवार , माघ ९, २०७८


इटहरी, माघ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत दुईसय १६ जना स्वास्थ्यकर्मी तथा कर्मचारी कोरोना सङ्क्रमित भएका छन् ।

प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा. विकास शाहका प्रतिष्ठानको एनेस्थेसिया, सर्जरी, मेडिसिन, छाला रोग, नाक कान घाँटी, आँखा, हार्डजोर्नी, बालरोग, स्त्री तथा प्रसुती, मानसिक रोग, आकस्मिक र प्याथोलोजी विभागका ८१ जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । 
त्यसैगरी, नर्स ११४ जना, हेल्पर १६ जना र हेल्थ एडका पाँचजना गरी जम्मा २१६ जनामा सङ्क्रमण भएको बताइएको छ । प्रतिष्ठानका केही शल्यक्रिया गर्ने चिकित्सक पनि सङ्क्रमित हुन पुगेका छन् ।

प्रतिष्ठानमा धेरै जनशक्ति सङ्क्रमण भएर आइसोलेसनमा बसेको अबस्थामा प्रतिष्ठानमा उपचारमा आउने सर्वसाधारणलाई टेलिफोन लगायत सामाजिक सञ्जालमार्फत घरैबाट स्वास्थ्य परामर्श लिन सहायक निर्देशक डा. शाहले आग्रह गरेका छन । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार