२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

दमक अस्पताल : स्वास्थ्यकर्मी तथा कर्मचारी सङ्क्रमित

आइतवार , माघ ९, २०७८

दमक, माघ । झापाको दमकस्थित सरकारी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण देखिएपछि अस्पतालको ईमरजेन्सी सेवा समेत बन्द गर्नुपर्ने अवस्था आउन लागेको छ । अस्पतालको प्रयोगशालामा कार्यरत अधिकाँश कर्मचारीमा कोरोना सङ्क्रमण रहेको पाईएको अस्पतालले जनाएको छ ।
झापाको दमकसहित गौरादह र शिवसताक्षी नगरपालिका र कमल गाँउपालिकाको समेतको नेपाल सरकारको स्वास्थ्य बिमाको प्रथम बिन्दु दमक अस्पताल भएकाले यसबाट दैनिक एक हजारभन्दा बढी विरामी प्रभावित बन्ने अवस्था देखिएको छ । 
आईतबार स्वास्थ्यकर्मीको एन्टिजेन जाँच गर्दा पाँच मेडिकल डाइरेक्टरसहित ल्याव र अस्पतालका अन्य बिभिन्न विभागमा कार्यरत १५ जनालाई पोजेटिभ देखिएको अस्पतालकी सूचना अधिकारी देबी दंगालले बताएकाी छन ।  अधिकांश स्वास्थ्यकर्मीलाई कोरोनाको लक्षण मिलेको छ, उनले भने । अस्पतालमा धेरैजसो चिकित्सक तथा स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएकाले अस्पताल चलाउनै गाह्रो भइसकेको छ, दंगालको भनाई छ । 
पहिलो विन्दु अस्पतालबाट ‘रेफर’ नभई अन्य अस्पतालले उपचार नगर्ने भएकाले यही अस्पतालमा विरामी आउनबाध्य छन् । अस्पतालले ईमरजेन्सी बाहेकका विरामीहरुलाई सकेसम्म नआउन आग्रह गरेको भए पनि विरामीको चापमा कुनै कमी नआएको पनि अस्पतालको भनाई छ ।
उपचारका लागि आउनुभएकी कमल गाउँपालिका वडा नं. ७ की विरामी कमला घिमिरेले दमक अस्पतालको भिडले कोरोना नभएकालाई पनि कोरोना हुने अवस्था रहेको बताइन । अघिल्लो दिन आएर पुर्जा लिएर दिनभर लाईन बसेर पालो नआएपछि भोलिपल्टमात्र चिकित्सकले देखाउनु पर्ने अवस्था छ, घिमिरेले बताएका छन ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार