२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

महोत्तरी  : बुस्टर मात्रा लगाउन सुरु

शुक्रवार , माघ ७, २०७८


जलेश्वर, माघ  । महोत्तरीमा एक हप्तायता कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । प्रादेशिक अस्पताल जलेश्वरमा सञ्चालित पीसीआर शाखाका प्रमुख मेडिकल माइक्रोबायोलोजिस्ट चन्दनकुमार पाण्डेयले पीसीआर गराउन आउनेमध्ये आधाभन्दा बढी पोजेटिभ देखिएको जानकारी दिएका छन ।  उनले प्रादेशिक अस्पतालका चिकित्सकमा समेत कोरोना सङ्क्रमण देखिएको जानकारी दिँदै पीसीआर गर्नेको सङ्ख्यासँगै कोरोना पोजेटिभ पनि बढी देखिएको बताएका छन । माइक्रोबायोलोजिस्ट पाण्डेयले भने, “माघ ३ गतेदेखि ६ गतेसम्मको अवधिमा ३५ जनाले स्वाब दिएकोमा २१ जनामा कोरोना पोजेटिभ देखिएको छ ।”
कोरोनाको तेस्रो लहर ओमिक्रोन भाइरस फैलिरहे पनि जिल्लामा सचेतनामा कमी देखिएको छ । हाटबजारहरू लागिरहेकै अवस्था छ भने कोरोनाबाट बच्न सकिने मापदण्डको पालना नभएको युवा बब्लु कापरले बताए ।  
यसैबीच, कोरोना महामारीको अग्रपङ्क्तिमा खटिनेका लागि बुस्टर मात्रा दिन सुरु गरिएको छ । कोभिड–१९ खोप समन्वय तथा अनुगमन समितिका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कैदी बन्दी, अग्रपङ्क्तिमा खटिने तथा सामाजिक सेवामा संलग्न व्यक्तिहरू तथा ६० वर्ष वा सोभन्दा माथिका नागरिकलाई लक्षित गरी बुस्टर मात्रा दिन सुरु गरिएको जनाएको छ ।
समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जिल्लाको विभिन्न ठाउँमा शुक्रबारदेखि बुस्टर मात्रा दिन सुरु गरिएको जानकारी दिनुहँुदै खोप कार्ड नभए सार्वजनिक निकायबाट दिइने सेवा प्रवाहमा कडाइ गरेपछि खोप लिनेको सङ्ख्यामा बढोत्तरी भएको जानकारी दिएका छन । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार