भारत,माघ ।भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ३।४७ लाख नयाँ संक्रमित भेटिएका छन् ।बिहिबारको तुलनामा शुक्रबार भेटिएका नयाँ संक्रमितमा ९ प्रतिशतको वृद्धि भएको छ जबकी संक्रमितको दर १६।४१ प्रतिशतले बढेर १७।९४ प्रतिशत भएको छ । यसबाहेक पछिल्लो २४ घण्टमा ७०३ जनाको मृत्युसमेत भएको छ । यो बिहिबार मृत्यु हुनेको संख्याभन्दा बढी छ ।पछिल्लो २४ घण्टामा २।५१ लाखभन्दा बढी संक्रमित निको भएका छन् । यस्तै, सक्रिय संक्रमितको संख्या २०।१८ लाख हो । भारतमा ओमिक्रोन संक्रमितको कूल संख्या ९,६९२ पुगेको छ । यसमा पनि अघिल्लो दिनको तुलनामा ४।३६ प्रतिशतको वृद्धि भएको छ ।