२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

अफगानिस्तानको आर्थिक सम्मेलन : ' ६० देशका प्रतिनिधि सहभागी '

बिहिवार , माघ ६, २०७८

 काबुल, माघ । अफगानिस्तानमा आयोजना गरिएको आर्थिक सम्मेलनमा ६० देशका प्रतिनिधि सहभागी भएको दाबी गरिएको छ । अफगानिस्तानमा सरकार बनाएको तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले सरकारद्वारा आयोजित आर्थिक सम्मेलनमा उनीहरू सहभागी भएको दाबी गर्नुभएको हो ।

गत बुधबार आयोजना गरिएको सम्मेलनमा देशको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका र बैंकीङ विषयमा छलफल भएको थियो । सम्मेलनमा तालिबान सरकारले आफ्ना असहमति, असन्तुष्टि, आशङ्का जे छन् ती सबै कुरा राख्न सबैलाई अनुरोध गरेको थियो ।

उनीहरूको आशङ्का र असन्तुष्टिलाई सम्बोधन गर्न आफूहरू तयार रहेको पनि सम्मेलनमा सहभागी तालिबानी नेताहरूले प्रतिबद्धता जनाएका थिए ।

महत्वपूर्ण परियोजनाहरू अफगानिस्तानमा ल्याउन पनि तालिबानी नेताहरूले सहभागीहरूलाई आह्वान गरेका थिए । अफगानिस्तानमा तालिबान विद्रोहीहरूले सरकार बनाएपछि विश्व समुदायबाट हुने सहयोग अधिकांश बन्द भएको छ ।

त्यसलाई फेरि निरन्तरता दिलाउने अपेक्षासहित सम्मेलनको आयोजना गरिएको अधिकारीहरूले जनाएका छन् । एएनआई

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार