२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

अमेरिकी राष्ट्रपति र जापानी प्रधानमन्त्रीबीच बार्ता 

कोरोना र सुरक्षाबारे छलफल : 'सुरक्षा प्रविधि एवं जलवायु परिवर्तन मुख्य एजेण्डा' 

सोमवार , माघ ३, २०७८


वासिङ्टन, माघ । अमेरिकी राष्ट्रपति जो बाइडेन र जापानका प्रधानमन्त्री फुमिओ किशिदाबीच आज  छलफल भएको छ । भर्चुअल माध्यमबाट भएको छलफल कोरोना भाइरसको महामारी र सुरक्षाका विषयमा केन्द्रीत भएको अधिकारीले जनाएका छन् ।

एएफपीका अनुसार, अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले पनि दुई पक्षीय हित, साझा सरोकार र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा उहाँहरुले छलफल गर्नु भएको जनाएको छ ।

त्यसैगरी जलवायु परिवर्तन र नयाँ नयाँ प्रविधिका बारेमा समेत उहाँहरुका बीचमा छलफल भएको ह्वाइट हाउसद्धारा जारी वक्तव्यमा जनाइएको छ ।

“बैठकमा विषेश गरेर अमेरिका र जापानको सम्वन्ध, सहकार्य, शान्ति र सुरक्षा, इन्डो प्यासेफिक क्षेत्रको स्थिरतालगायका बारेमा छलफल भएको छ,” वक्तव्यमा लेखिएको छ ।
वाइडेन र किशिदाका बीचमा भौतिक भेट भने कोप२६ शिखर सम्मेलनको सिलसिलामा स्कटल्याण्डमा भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार