काठमाडौं, माघ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ३ जिल्लामा आइतबार ३ हजार ९३९ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ९४३, ललितपुर ७९५ र भक्तपुरमा २ सय १ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या १३ हजार ९८६ पुगेको छ । देशभर भने २४ घण्टामा थप ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आरटी-पीसीआर परीक्षणबाट ५ हजार ७४७ र एन्टिजेनबाट ९८७ मा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १७ हजार ४६५ जनाको नमुना परीक्षण गरिएको थियो । सोमबार दैनिक संक्रमणदर ३८ दशमलव ६ प्रतिशत छ ।