२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रदेश २ सभा : 'नामाकरणका लागि मतदान हुँदै'

सोमवार , माघ ३, २०७८

जनकपुरधाम, माघ ।  प्रदेश २ को नामाकरणका लागि अहिले गोप्य मतदान  भईरहेको छ । यसअघि आजै प्रदेशको स्थायी राजधानीका लागि मतदान भएको थियो । पहिलो चरणको मतदानबाट प्रदेश सभाले स्थायी राजधानीमा जनकपुर चयन गरिसकेको छ । अहिले प्रदेश सभाको दोस्रो बैठक बसिरहेको छ ।

आइतबार र सोमबारको छलफलपछि सभामुख सरोजकुमार यादवले सोमबार दोस्रो बैठक राखेर प्रदेशको नामाकरण गर्नेबारे मतदान गराएका हुन् ।
प्रदेश २ को राजधानी तथा नामाकरणसम्बन्धी अध्ययन विशेष समितिले प्रतिवेदनमार्फत विभिन्न नामहरु प्रस्ताव गरेको छ । जसमा मधेस नाममा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी सहमत छन् । उनीहरुको प्रस्तावमै समितिले नाम प्रस्ताव गरेको हो ।

नेकपा एमाले र नेकपा एकीकृत समाजवादी प्रदेश २ को नाम जानकी राख्नुपर्छ भन्नेमा छन् । नेपाली कांग्रेसले प्रदेशको मिथिला–भोजपुरा राख्नुपर्छ भनेको छ । तर, बारा र पर्साका सांसदहरुले मध्य मधेस प्रदेश नाम राख्ने प्रस्ताव गरेका छन् । बारा र पर्साका मात्रै २५ जना सांसद छन्

प्रदेश २ मा १०४ जना सांसद छन् । कुनैपनि नाममा निर्णय हुन दुई तिहाइ बहुमत आवश्यक पर्छ । १०४ को दुई तिहाइ बहुमत ७० हुन आउँछ । दुई तिहाइ मत नआए कुनै पनि नामबारे निर्णय हुने छैन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार