२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नयाँ संक्रमित : ' दुई तिहाइ उपत्यकामा मात्रै'

आइतवार , माघ २, २०७८

काठमाडौं, माघ ।  आइतबार देशभरमा ४९६१ जनामा कोरोना संक्रमण पुष्टि भयो । नयाँ संक्रमित मध्ये दुई तिहाइभन्दा बढी काठमाडौं उपत्यकाका मात्रै छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १५१३१ नमुना (पीसीआर र एन्टिजेन) परीक्षण गरिएको थियो । १२,५६२ नमुनाको पीसीआर परीक्षण गर्दा ४,५३४ र २,५६९ नमुनाको एन्टिजेन परीक्षण गर्दा ४२७ जनामा संक्रमण देखिएको छ ।

नयाँ संक्रमित मध्ये ३,३४७ जना काठमाडौं उपत्यकाका हुन् । यो संख्या आइतबार पहिचान भएका कुल संक्रमित ४,९६१ दुई तिहाइभन्दा बढी हो ।

उपत्यकामा पनि सबभन्दा धेरै काठमाडौंका छन् । काठमाडौंमा २,५४५, भक्तपुरमा ३२८ र ललितपुरमा ४७४ जना छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार