२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

चीन : ' ९० प्रतिशत नागरिकले लगाए कोरोना खोप'

आइतवार , माघ २, २०७८

बेइजिङ, माघ । करिब ९० प्रतिशत चिनियाँ नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । यहाँका स्वस्थ्य अधिकारीले दिएको जानकारी अनुसार चीनका करिब ९० प्रतिशत नागरिकले कोरोना विरुद्धको खोप लगाएको जानकारी दिएका छन् । शुक्रबारसम्मको तथ्यांकमा यहाँका १ अर्ब २६ करोड नागरिकले खोप लगाएको जानकारी दिइएको छ ।

यो संख्या चीनको जनसंख्याका करिब ९० प्रतिशत हुन आउँछ । शनिबार दिइएको जानकारीमा तीमध्ये १ अर्ब २२ करोडले यो खोपको पूरा मात्रा लगाएका छन् ।

सो कुराको जानकारी चीनको नेशनल हेल्थ कमिसनका अधिकारी हि क्विनगुले दिनुभयो । शनिबार पत्रकार सम्मेलनमा उहाँले चीनमा नागरिकलाई कोरोना विरुद्धको खोप दिने क्रम जारी रहेको र शुक्रबारसम्म ९० प्रतिशतले खोप लिइसकेको बताउनुभएको हो ।

सो पत्रकार सम्मेलनमा उहाँले बाँकी रहेका चिनियाँ नागरिकलाई पनि खोप लिन आग्रह गर्नुभयो ।  सो अवसरमा उहाँले अनिवार्य रुपमा मास्क लगाउन, सामाजिक दुरी कायम गर्न तथा कोठाभित्र बस्दा भेन्टिलेसन भएका कोठामा बस्न पनि आग्रह गर्नुभएको थियो ।

चीनमा पनि पछिल्ला केही समयमा कोरोनाका सङ्क्रमितहरु देखिन थालेका छन्  ती सङ्क्रमितहरुको पहिचान गरेर चीनका अधिकारीहरुले स्वास्थ्य सतर्कताका मापदण्डहरु अपनाउन आग्रह गरिरहेका छन् । रासस - सिन्ह्वा

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार