काठमाडौं, माघ । साताको पहिलो कारोबार आइतबार शेयर बजारमा उत्साह देखिएको छ । नेप्से परिसूचक उच्च अंकले बढेर २ हजार नौसय माथि पुगेको छ भने कारोबार रकममा झनै उत्साह देखिएको छ ।
कुनै बेला एकैदिन २२ अर्ब रुपैयाँसम्मको कारोबार भएको शेयर बजार घट्न थालेपछि दैनिक कारोबार ५ अर्ब पुग्न पनि मुस्किल थियो । गत साता दैनिक ६ देखि ७ अर्बको हाराहारीमा कारोबार भएको थियो ।
आइतबार भने ९ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यो पछिल्लो तीन महिनाकै उच्च कारोबार रकम हो । उता शेयर कारोबार मापक नेप्से परिसूचक ठ्याक्कै ६९ अंकले बढेर २ हजार ९२६ दशमलव ७४ अंकमा पुगेको छ ।