२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

गाईघाट : 'कोरोना अस्पताल पुनः सञ्चालन गरिने' 

बिहिवार , पौष २९, २०७८


गाईघाट, पुस । उदयपुरका आठवटै पालिकाको सहयोगमा स्थापना भएको बेल्टारस्थित उदयपुर कोभिड अस्पताललाई पुनः सञ्चालनमा ल्याईने भएको छ । कोरोना सङ्क्रमणको अवस्था शून्यमा झरेसँगै बन्द गरिएको उदयपुर कोभिड अस्पताललाई कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेसँगै सञ्चालनमा ल्याईने भएको हो । 
अस्पताल तयारी अवस्थामा राख्न कोभिड अस्पताल व्यवस्थापन समितिको बैठकको आयोजना गरेर निर्णय लिईने अस्पताल व्यवस्थापन समितिका संयोजक रहनुभएका चौदण्डीगढी पालिकाका नगरप्रमुख खगेन्द्र राईले बताएका छन । 
नगरप्रमुख राईले कोरोनाको नयाँ ओमिक्रोन नामक भेरियन्टको संक्रमण तीव्ररुपमा भएकाले कोरोना रोकथाम तथा नियन्त्रण र उपचारार्थ कोभिड १९ अस्पतालमा जनशक्ति व्यवस्थापन सहितको कार्य गरिने बताएका छन । 
नगर प्रमुख राईका अनुसार आठवटै पालिकाका प्रतिनिधिहरु सदस्य रहेको अस्पताल व्यवस्थापन समितिको विहीवार चौदण्डीगढी नगरपालिकाको कार्यालयमा बसेको  बैठकले तत्काल अस्पताल सञ्चालन गर्ने र त्यसको लागि पहिले काम गर्दै आएका चिकित्सकको टोलीलाई नै पुनः परिचालन गर्ने निर्णय गरेको हो । 
उदयपुर कोभिड अस्पताललाई सङ्घीय सरकारले करिब ७२ लाख रकम उपलब्ध गराएको र त्यसबाट उक्त रकम खर्च गर्न स्पष्ट कार्यविधि सङ्घीय सरकारबाट उपलब्ध नभएकाले सोबारेमा छलफलबाट निर्णय लिईएको नगरप्रमुख राईले बताएका छन ।  जस अनुसार भान्सा घर निर्माण, खाद्यान्न ब्यावस्थापन, स्वास्थ्य सामग्रीहरु खरिद र कर्मचारी तलवमा उक्त रकम खर्च गर्ने निर्णय गरिएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार