२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मेक्सिकोका राष्ट्रपति अन्ड्र्रेस कोरोनाभाइरसबाट फेरि सङ्क्रमित

मंगलवार , पौष २७, २०७८

मेक्सिको सिटी,पुस । मेक्सिकोका राष्ट्रपति अन्ड्रेस मान्युल लोपेज ओर्बाडोर कोरोनाभाइरसबाट फेरि सङ्क्रमित हुनुभएको छ । उहाँ अहिले दोस्रो पटक सङ्क्रमित हुनुभएको राष्ट्रपतिको कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् ।उहाँलाई सामान्य लक्षण देखिएको र शंका लागेर परीक्षण गर्दा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको उनीहरुको भनाई छ ।

सङ्क्रमण पुष्टि भएसँगै राष्ट्रपति अन्ड्रेस आइसोलेसनमा बस्नु भएको छ । तर उहाँले आफ्नो काम भने आइसोलेसनबाटै पनि गर्ने जनाइएको छ । भर्चुअल माध्यमबाट गर्न मिल्ने काम भर्चुअल माध्यमबाटै गर्ने उहाँले बताउनु भएको छ । गत सोमबार पत्रकार सम्मेलन गरेपछि उहाँलाई सङ्क्रमण भएको जनाइएको छ । अवको पत्रकार सम्मेलन भने गृहमन्त्री अडान औगुस्टो लोपेजले गर्नुहुने तय भएको छ । उहाँले अतिरिक्त खोपसमेत लगाइसकेकाले उहाँले सङ्क्रमण हुने संभावना कम रहेको बताइएको छ । सिन्ह्वा

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार