२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

काठमाडौं र ललितपुर : 'आजदेखि  १२ देखि १८ वर्ष उमेर समूहलाई फाइजर खोप'

मंगलवार , पौष २७, २०७८

 

काठमाडौं, पुस । आजदेखि  काठमाडौं र ललितपुरका बालबालिका तथा किशोर(किशोरीहरुलाई कोरोना भाइरसविरुद्धको फाइजर खोप दिइँदैछ । १२ देखि १८ वर्ष उमेर समूहलाई उक्त खोप एक हप्तासम्म फाइजर खोप लगाइने छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले स्वास्थ्य कार्यालय र स्थानीय तहको समन्वयमा आजबाट एक हप्तासम्म खोप कार्यक्रम सन्चालन हुने जानकारी दिए ।

‘कुन विद्यालयमा, कहिले खोप केन्द्र राख्ने भन्ने कुरा स्वास्थ्य कार्यालय र स्थानीय तहहरुले आपसी समन्वयमा निर्क्यौल गर्छन् । यसमा शिक्षा समन्वय इकाई, प्याब्सन र एनप्याब्सनको पनि सहयोग रहेको छ,’ प्रजिअ उपाध्यायले  भने, ‘एक हप्ताभित्र लक्षित समूहका सबै बालबालिका तथा किशोर किशोरीहरुलाई खोप लगाइसक्ने लक्ष्य छ ।’

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु कुमार काफ्लेले स्थानीय तहहरुको समन्वयमा स्वास्थ्य कार्यालयहरुले खोप अभियान चलाएको बताए । खोपहरु स्थानीय तहमा पठाइसकेको जानकारी दिंदै आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाउन उनले आह्वान गरे ।

भक्तपुर जिल्लामा भने गत शुक्रबारदेखि नै खोप अभियान सन्चालन भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार