२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

काठमाडौं र ललितपुरका बालबालिका : 'भोलिदेखि कोरोना खोप'

सोमवार , पौष २६, २०७८

 

काठमाडौं, पुुुस । काठमाडौं र ललितपुरका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई भोलि (मंगलबार) देखि कोभिड १९ विरुद्धको खोप दिइने भएको छ । स्वास्थ्य अधिकारीका अनुसार बालबालिकाले विद्यालयमै गएर फाइजर खोप लगाउन सक्नेछन् ।

जिल्ला स्वास्थ्य कार्यलय काठमाडौंका प्रमुख शम्भु काफ्लेका अनुसार काठमाडौं जिल्लाका करिब दुई लाख ७० हजार विद्यार्थीलाई खोप लगाउने लक्ष्य छ । विद्यालयबाट प्राप्त संख्याभन्दा १० प्रतिशत बालबालिका थप हुने अपेक्षा स्वास्थ्य कार्यालयले गरेको छ । उनले भने, यो संख्या हामीलाई विद्यालयले पठाएको विवरण अनुसारको हो ।

विद्यालय बाहिर अर्थात विभिन्न गुम्बा, विद्यापिठका तथ्यांक नभएकोले १० प्रतिशत बालबालिका थप हुन्छ भन्ने अनुमान हामीले गरेका छौं । तीन लाख बालबालिकालाई पुग्ने खोप लगायतका आवश्यक सामग्री खोप केन्द्रहरुमा पठाउने उनले बताए । खोप केन्द्र तोक्नको लागि भने कार्यलयले स्थानीय तहलाई नै जिम्मेवारी दिएको उनको भनाइ छ ।

ललितपुरले पनि मंगलबारदेखि ६ वटै स्थानीय तहका बालबालिकालाई फाइजर खोप दिने भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिस विष्टका अनुसार ७१ हजार ३०१ जना बालबालिकालाई खोप दिने लक्ष्य रहेको छ ।

उनले भने, २ सयभन्दा बढी विद्यार्थी भएका विद्यालयमा खोप केन्द्र रहने छ । तर सोभन्दा कम विद्यार्थी संख्या भएका विद्यालयका विद्यार्थीले नजिकैको अर्को खोप केन्द्र रहेको विद्यालयमा गएर खोप लगाउन सक्ने छ ।

भक्तपुर जिल्लाका केही स्थानीय तहले भने आइतबारदेखि नै बालबालिकालाई खोप लगाउन शुरु गरिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार