२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कोभिड–१९ काे महामारी

काठमाण्डू उपत्यका : 'सङ्क्रमितको सङ्ख्या बढेकोबढ्यै, लकडाउनको सम्भावना कति ?'

सोमवार , पौष २६, २०७८

नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या उकालो लागिरहेको तथ्याङ्कले देखाएको छ। आइतवार अपराह्ण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार विगत २४ घण्टामा थप एक हजार ४४६ जनामा  सङ्क्रमण पुष्टि भएको छ।

काठमाडौँ, पुस। देशभर पछिल्लो २४ घण्टामा थप एक हजार ४४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ११ हजार ४२९ जनाको कोरोना परीक्षण गरिएको थियो ।  आठ हजार ९६५ जनाको पीसीआर र दुई हजार ४६४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस अवधिमा २५५ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख १४ हजार ४८५ पुगेको छ ।

निको हुनेदर ९७ दशमलव सात प्रतिशत छ । नेपालमा पीसीआर विधिबाट परीक्षण गर्दा आठ लाख ३३ हजार ९४६ र एन्टीजेन विधिबाट परीक्षण गर्दा ९७ हजार ५०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४९ लाख ३७ हजार ५८९ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ६० हजार ८४३ पुगेको छ । कोभिड १९ विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा दुई लाख १० हजार ५९४ छ ।

हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर र भक्तपुर छन् भने दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली छन् । सङ्क्रमित नरहेका जिल्लामा मुस्ताङ र र मुगु छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा दुई हजार ६५५, ललितपुरमा नौ सय र भक्तपुरमा ६३३ सक्रिय कोरोना सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ८५५ छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०६ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ । हाल भेन्टिलेटरमा १६, आइसियूमा ६७, होम आइसोलेशनमा सात हजार २४५, संस्थागत आइसोलेशनमा ६१० र क्वारेन्टिनमा ११३ सङ्क्रमित छन् ।

"अस्पतालमा भर्ना भएका नौ जनामध्ये तीन जना मात्र आईसीयूमा हुनु सकारात्मक कुरा हो। तर सङ्क्रमण दर बढिरहेको छ। यो अति सतर्क रहनु पर्ने सङ्केत हो," प्रवक्ता गौतमले भने।

 

यसरी बढिरहेको छ कोरोनाभाइरस सङ्क्रमण. नेपालमा कोभिड.  पौष १२ गतेदेखि दैनिक पुष्टि भएको सङ्क्रमितको सङ्ख्या.

स्वास्थ्य मन्त्रालयकी प्रवक्ता सङ्गीता कौशल मिश्रका अनुसार अहिले देशभरि ६,७५५ जना सक्रिय सङ्क्रमित संस्थागत र होम आइशोलेशनमा छन्। तीमध्ये उपत्यकाका तीन जिल्लामा करिब तीन हजार जनामा सक्रिय सङ्क्रमण रहेको छ।

स्वास्थ्य मन्त्रालयको हालसम्मको तथ्याङ्क अनुसार नेपालमा कोभिड सङ्क्रमणबाट निको हुने दर ९७.८ प्रतिशत छ भने मृत्युदर १.४ प्रतिशत छ। विगत २४ घण्टामा कोभिडका कारण दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

लकडाउन वा निषेधाज्ञाको सम्भावना कति

सङ्क्रमण दर बढ्न थालेसँगै सरकारले प्रतिबन्धात्मक योजनाहरूमाथि छलफल गरिरहेको अधिकारीहरूले बताएका छन्। काठमाण्डू उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले सङ्क्रमण नियन्त्रणका लागि आवश्यक सल्लाह र सरोकारवाला निकायसँग समन्वयन गरिरहेको बीबीसीसँग बताए।

 

सीसीएमसीसी

तस्बिर स्रोत,RSS

सङ्क्रमण नियन्त्रणका लागि तत्काल निषेधाज्ञा वा कडा खालका प्रतिबन्धको योजना नभएको काठमाण्डूका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए।

"कुनै निश्चित क्षेत्र बन्द गर्ने तयारी भएको छैन। तर सङ्क्रमण बढिरहेकाले कसरी भिडभाड व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल चाहिँ भइरहेको छ," उनले भने।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालय र राति ८ बजे पछिका गतिविधिहरू बन्द गर्ने योजना रहेको बीबीसीसँग बताएका छन्। "बिदा गर्ने कुरा चलेको छ तर निश्चित भएको छैन। त्यसका लागि प्रधानमन्त्री कार्यालयबाट निर्देशन हुनुपर्‍यो," मन्त्री पौडेलले भने।

पौडेलले सङ्क्रमण नियन्त्रणका लागि सीमामा कडाइ, विमानस्थलमा भिडभाड कम गर्ने, सभा सम्मेलन तथा भोजहरूमा मानिसको सङ्ख्या सीमित गर्न निर्देशन दिनेलगायत विषयमा कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकमा छलफल भएको बताए।

"भिडभाड व्यवस्थापनका लागि योजनाहरू बनिरहेका छन्। लकडाउन नभई स्मार्ट लकडाउनको सम्भावना चाहिँ छ।कहिलेदेखि र कसरी भन्ने चाहिँ टुङ्गो लागेको छैन," उनले भने।

सुरक्षा मापदण्ड र खोप विस्तारमा जोड

भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लामा सङ्क्रमणको अवस्था समीक्षा गरी अघि बढ्ने योजना रहेको सुनाइन्। योजनाअन्तर्गत स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा कडाइ र परीक्षणको दायरा बढाउने प्राथमिकतामा रहेको उनको भनाइ छ।

"सङ्क्रमण बढेको अवस्थामा अस्पतालहरू आवश्यक पर्छन्। त्यसैले भौतिक संरचना भएका अस्पतालहरूलाई तयारी अवस्थामा राख्ने र निर्माण भइरहेकाहरूलाई चाँडो सम्पन्न गर्नेतर्फ जोड दिएका छौँ," उनले जानकारी दिइन्।

खोप वितरणलाई पनि छरितो र प्रभावकारी बनाउन जोड दिइरहेको शर्माको भनाइ छ। साथै जिल्लामा भिडभाड हुने गतिविधि न्यूनीकरणका लागि लिखित आह्वान हुँदैछ। "अत्यावश्यकबाहेक अन्य गतिविधि, सभा सम्मेलन नगर्न निर्देशन दिन्छौँ," उनले भनिन्।

 

परीक्षण

तस्बिर स्रोत,EPA

ललितपुरमा पनि हाल जिल्लाको स्थितिको अध्ययन र समीक्षा भइरहेको त्यहाँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए।सङ्क्रमणको जोखिम बढेपछि स्थानीय तहसँगको सहकार्यमा आवश्यक तयारी भइरहेको उनले बताए।

"स्वास्थ्य सुरक्षाका लागि नियम पालन गराउनु नै सङ्क्रमण रोकथामको प्रमुख आधार हो। त्यसबाहेक खोप अभियानलाई प्रभावकारी बनाउन पहल गरिरहेका छौँ," उपाध्यायले भने।

सीसीएमसीसीबाट निर्देशनको पर्खाइ

उनले जिल्लाभरि एक वा दुवै मात्रा लगाएकाहरूको तथ्याङ्क सङ्कलन र नलगाएकाहरूको पहिचान गरिरहेको जानकारी दिए।

निषेधका विषयमा तीनवटै जिल्लाका अधिकारीहरूको एक मत छ।

मास्क लगाएर बत्ती बाल्दै

तस्बिर स्रोत,EPA

उनीहरूले स्वास्थ्य मन्त्रालयको प्राविधिक मार्गदर्शन, विशेषज्ञहरूको परामर्श, सीसीएमसीसीको निर्देशन र सरोकारवाला निकायहरूसँगको समन्वयनबमोजिम निर्णय गर्ने बताए। "अहिले पनि अनौपचारिक बैठक जारी छ, केही दिनमा निष्कर्षमा पुगिन्छ," उपाध्यायले भने।

बीबीसी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार