२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

एसियन सेन्ट्रल जोन महिला भलिबल : उपाधि जित्‍ने टोलीलाई प्रधानमन्त्रीको बधाई

मंगलवार , पौष १३, २०७८

काठमाडौं, पुस । लगातार दोस्रो पटक एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला टोलीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाले नेपाली राष्ट्रिय महिला टोलीलाई बधाई दिएका हुन् । बंगलादेशमा मंगलबार भएको फाइनलमा नेपालले उज्वेकिस्तानलाई हराएर उपाधि रक्षा गरेको हो ।

रोमाञ्चक फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा पराजित गरेको थियो । नेपालले कूल ६ खेल खेल्दा अपराजित रहँदै च्याम्पियन बनेको हो ।

यस्तै युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज अथकले पनि च्याम्पियन टोलीलाई बधाई दिएका छन् । नेपालको पुरुष टोली भने तेस्रो स्थानको लागि भएको खेलमा उज्वेकिस्तानसँग सोझो सेटमा हार्दै चौथो भयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार