२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

एसिसी यू–१९ एसिया कप क्रिकेट : नेपालद्वारा कुवेतसामु २४० रनको लक्ष्य प्रस्तुत

मंगलवार , पौष १३, २०७८

काठमाडौँ, पुस ।एसिसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत नेपालले कुवेतसामु जीतका लागि २४० रनको लक्ष्य प्रस्तुत गरेको छ । अहिले कुवेत जवाफी ब्याटिङ गरिरहेको छ । कुवेतले ३० ओभरमा पाँच विकेटको क्षतिमा १४४ रन बनाएको छ । बलिङतर्फ नेपालका विवेक यादवले दुई तथा गुल्सन झा, शेर मल्ल र शसिर अहमले एक एक विकेट लिएका छन् । त्यसअघि संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित आइसिसी एकेडेमीमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४२ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर २३९ रन बनायो ।

नेपालका बसिर अहमदले सर्वाधिक ५६ रनको योगदान दिए । उनले ६१ बल खेल्ने क्रममा एक छक्का र सात चौका प्रहार गरे । यस्तै विवेक मगरले ७१ बलमा ६ चौकासहित ५० रन बनाए । मोहमद आदिल आलमले ४२ बल खेल्दै पाँच छक्का र दुई चौकाको मद्दतमा ४९ रन जोडे । यस्तै शेर मल्लले २१, दिपेश कँडेलले १५ तथा अर्जुन साउदले १० रन बनाए । बलिङतर्फ कुवेतका मिर्जा अहमद र अब्दुल सदिकले तीन÷तीन तथा हेनरी थोमस र मोहमद बास्तकीले दुई:दुई विकेट लिए ।एसिसी यू१९ एसिया कप क्रिकेटअन्तर्गत नेपालले कुवेतसामु जीतका लागि २४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अहिले कुवेत जवाफी ब्याटिङ गरिरहेको छ । कुवेतले ३० ओभरमा पाँच विकेटको क्षतिमा १४४ रन बनाएको छ । बलिङतर्फ नेपालका विवेक यादवले दुई तथा गुल्सन झा, शेर मल्ल र शसिर अहमले एक एक विकेट लिएका छन् । त्यसअघि संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित आइसिसी एकेडेमीमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४२ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर २३९ रन बनायो ।

नेपालका बसिर अहमदले सर्वाधिक ५६ रनको योगदान दिए । उनले ६१ बल खेल्ने क्रममा एक छक्का र सात चौका प्रहार गरे । यस्तै विवेक मगरले ७१ बलमा ६ चौकासहित ५० रन बनाए । मोहमद आदिल आलमले ४२ बल खेल्दै पाँच छक्का र दुई चौकाको मद्दतमा ४९ रन जोडे । यस्तै शेर मल्लले २१, दिपेश कँडेलले १५ तथा अर्जुन साउदले १० रन बनाए । बलिङतर्फ कुवेतका मिर्जा अहमद र अब्दुल सदिकले तीन ,तीन तथा हेनरी थोमस र मोहमद बास्तकीले दुई ,दुई विकेट लिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार