२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

दाहालको राजनीतिक  दस्तावेज

विदेश मामिलासम्बन्धी चर्चा: "अमेरिकाको रणनीति साझेदार लिएर युद्धमा जाने तयारी गर्दै "

मंगलवार , पौष १३, २०७८

 

  • सैन्य रणनीति अन्तर्गत अमेरिकाले भारतसँग समेत सम्बन्ध सदृढ पार्न थालेको दाहालको निष्कर्ष 
  • बाइडेन शासनले अमेरिका र चीनबीचको संघर्ष लोकतन्त्र र निरंकुशतन्त्र बीचको लडाइँको रूपमा व्याख्या  


काठमाडौँ, पुस । नेकपा  माओवादी केन्द्रको चालू अधिबेशनमा अध्यक्ष पुष्पकमल दाहालले अमेरिकाले आफू मात्रै नभई आफ्ना साझेदारलाई समेत लिएर युद्धमा जाने तयारी गरिरहेको  बताएका छन । उनले बन्द शत्रमा आफूले प्रस्तुत थरेको दस्तावेजमा  सो कुरा  पेश गरेका छन् ।
उनले आफ्नो पार्टीमा पेश गरेको दस्तावेजमा  विदेश मामिला सम्बन्धी चर्चा गर्दै भनेका छन, 'अमेरिकाको अहिलेको अवस्था र रणनीति यस्तैको तयारी हो ।' 
हिन्द प्रशान्त क्षेत्रमा चीनलाई रोक्न अमेरिकाले बेलायत र अष्ट्रेलियासँग विशेष सैन्य साझेदारी गर्नुका साथै विभिन्न देशमा थप सैन्य अड्डा बढाउने र सुदृढ गर्ने योजना बनाईरहेको दाहालको दस्तावेजमा छ ।
उनले आफ्नो दस्ताबेजमा भनेका छन, हालै अमेरिकी रक्षा मन्त्रालयले सार्वजनिक गरेको अभिव्यक्तिले थप युद्धमा जाने संकेत गर्दछ ।  अमेरिकी रक्षा मन्त्रालयले दिएको जानकारी हेर्दा शीत युद्धकालीन मानसिकताका साथ चीन र रुससँगको प्रतिस्पर्धा अमेरिकाले चर्काएर लान खोजेको छ, दाहालको दस्तावेजमा उल्लेख छ,'बाइडेन शासनले अमेरिका र चीनबीचको संघर्ष लोकतन्त्र र निरंकुशतन्त्र बीचको लडाइँको रूपमा व्याख्या गरिएको छ ।' 
रक्षा मन्त्रालयको समीक्षामा हिन्द प्रशान्त क्षेत्रमा साझेदारहरूसँग थप सहकार्य गर्न निर्देशन दिइएको छ भन्ने कुरा स्पष्ट लेखिएको छ । हिन्द प्रशान्त क्षेत्रमा चीनलाई रोक्न अमेकरिकाले बेलायत र अष्ट्रेलियासँग विशेष सैन्य साझेदारी गर्नुका साथै विभिन्न देशमा थप सैन्य अड्डा बढाउने र सुदृढ गर्ने योजना  अमेरिकाको छ । 

सैन्य रणनीति अन्तर्गत अमेरिकाले भारतसँग समेत सम्बन्ध सदृढ पार्न थालेको दाहालको निष्कर्ष रहेको दस्ताबेजमा छ । आज अमेरिकाले भारतसँगको सम्बन्ध सुदृढ पार्नुका पछाडि  यही रणनीतिले काम गरेको देखिन्छ, भनेका छन । 
वास्तवमा अमेरिका आफू मात्रै नभई आफ्ना साझेदारहरूलाई समेत लिएर युद्धमा जाने तयारी गरिरहेको संकेत स्पष्ट देखिएको छ,दाहालले भनेका छन्,  'नयाँ शीतयुद्धका रूपमा देखा परेको यो परिघटनाले नयाँ युद्धलाई जन्म दिएर पुँजीवादले आफ्नो संकट मोचनको दिशामा अगाडि बढ्न सक्दैन भन्ने स्थिति विल्कुलै छैन ।'

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार