काठमाडौं, पुस । पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार १८० जनाको पीसीआर परीक्षण गर्दा २१३ जना र २ हजार ४९७ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जना गरी २१९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने २८३ जना निको भएका छन् । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार ४०२ पुगेको छ ।
योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५८५ पुगेको छ भने ८ लाख १० हजार ७८० जना मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९०६ जना रहेका छन् ।
जसमध्ये ४ हजार ६७७ जना होम आइसोलेसनमा रहेका छन् भने २२९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७१ जना आईसीयू र २४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १६ जना कोरोना संक्रमित थपिएका छन् ।