२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सेन्ट्रल जोन भलिबल : 'नेपाली महिला टिम फाइनलमा'

आइतवार , पौष ११, २०७८

 

काठमाडौं, पुस । साविक विजेता नेपाल बंगलादेशमा भइरहेको एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको फाइनलमा प्रवेश गरेको छ ।आइतबार उज्वेकिस्तानलाई सोझो सेटमा पराजित गर्दै नेपालले अन्तिम लिग खेलअघि नै फाइनलमा स्थान पक्का गरेको हो ।

नेपालले यसअघि श्रीलंकालाई ३-२ को सेटमा हराएको थियो भने माल्दिभ्स र बंगलादेशलाई पनि सोझो सेटमा पराजित गरेको थियो ढाकामा भएको खेलमा नेपालले उज्वेकिस्तानविरुद्ध पहिलो सेट २५-२० ले जित्दै अग्रता लिएको थियो ।

प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट नेपालले २५-२३ ले जित्दै खेलमा २-० को अग्रता बनायो । २३-२३ को अवस्थामा पुगेको अवस्थामा नेपालले लगातार दुई अंक जोड्दै सेट आफ्नो पक्षमा पारेको थियो ।

तेस्रो सेट पनि २५-१४ ले जित्दै नेपालले सोझो सेटमा खेल जितेको हो । चौथो जितपछि नेपाल ११ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । श्रीलंका १० अंकसहित दोस्रो स्थानमा छ ।

पहिलो हारपछि उज्वेकिस्तान ९ अंकसहित तेस्रो स्थानमा झरेको छ । आइतबारै भएको खेलमा श्रीलंकाले घरेलु टोली बंगलादेशलाई हराउँदै लगातार तेस्रो जित निकालेको छ ।

अब सोमबार श्रीलंका र उज्वेकिस्तानबीच हुने खेलको विजेता फाइनल प्रवेश गर्नेछ । नेपालले सोमबार लिगको अन्तिम खेल कीर्गिस्तानसंग खेल्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार